प्रधान सेनापति शर्माद्वारा दर्ज्यानी चिह्न प्रदान
काठमाडौं । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेनाको प्राड सेवा र प्राविधिक सेवा अन्तर्गत स्वास्थ्य समूहमा नवनियुक्त ५५ जना अधिकृतहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
जङ्गी अड्डामा आयोजित एक कार्यक्रमबीच प्रधान सेनापति शर्माले अधिकृत पदहरूमा खुल्ला तथा समावेशी प्रतिस्पर्धाबाट छनौट भएकाहरूलाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
जसमा प्राडा उप सेनानी २ जना र प्राविधिक उप सेनानी (स्वास्थ्य समूह) ५३ जना गरी ५५ जना रहेका छन् ।
