देशका ३७ स्थानमा डढेलो

तु खबर संवाददाता
२०८० चैत्र ५, सोमबार १७:११

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले दुई दिनयता देशका विभिन्न ३७ स्थानमा डढेलोका घटना भएको जनाएको छ ।

प्राधिकरणका अनुसार, देशको पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, मोरङ, धनुषा, रामेछाप, भक्तपुर, ललितपुर तनहुँ, कास्की, म्याग्दी र कपिलवस्तुका विभिन्न स्थानका जङ्गलमा डढेलो लागेको हो ।

डढेलोबाट मानवीय क्षति नभए पनि कयौ परिवा प्रभावित हुन पुगेको छ । जसमध्ये सोलुखुम्बुमा तीन, खोटाङमा एक र पाँचथरमा एक परिवार गरी पाँच परिवार प्रभावित हुन पुगेको हो ।

स्थानीय प्रहरी, सशस्त्र प्रहरी, सेना र सर्वसाधारणको प्रयासबाट आगलागी र डढेलो नियन्त्रण गरिएको प्राधिकरणले जनाएको छ ।