स्वास्थ्य बीमा बोर्डद्वारा कर्मचारी माग
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ ।
बोर्ड अन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा कर्मचारी माग गरिएको हो ।
बोर्डले सो बारे आज एक सूचना जारी गर्दै जानकारी गराएको हो । बोर्डले जारी गरेको सूचनामा इच्छुक व्यक्तिले आगामी चैत्र १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।
सूचना सम्बन्धी विस्तृत विवरण बोर्डको वेबसाइट https://hib.gov.np/np मा उपलब्ध छ ।
