उदयपुरमा जिप दुर्घटना हुँदा ७ जनाको मृत्यु
विराटनगर । उदयपुरको बेलका ७ बाखाकुवा भन्ने स्थानमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।
को १ ज २५९३ नम्बरको बोलेरो जिप बिहान साढे १० बजेतिर दुर्घटना हुँदा सात जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परेर अन्य १ जना ६–७ महिनाको बच्चासहित ३ जना महिला र २ जना पुरुषको मृत्यु भएको हो । उनीहरूको सनाखत हुन सकेको छैन ।
प्रहरीले अन्य ८ जना घाइतेको उद्धार गरी उपचारका लागि पठाएको जनाएको छ । घटनास्थलमा प्रहरीको टोलीले उद्धार कार्य जारी राखेको छ ।
उक्त बोलेरो जिप धरानबाट भोजपुरका लागि छुटेको प्रहरीले जनाएको छ ।
प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
