कतिमा कारोबार हुँदैछ आज सुनचाँदी ?
काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, सोमबार सुनचाँदी आइतबारकै मूल्यमा कारोबार भएको हो ।
सोमबार छापावाल सुन तोलामा १ लाख २६ हजार रुपैयाँ र तेजावी सुन तोलामा १ लाख २५ हजार ४०० रुपैयाँमा कारोबार भएको छ । आइतबार पनि छापावाल सुन र तेजावी सुन सोही मूल्यमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको भाउ पनि आइतबारकै मूल्यमा कारोबार भएको छ । आइतबार चाँदी प्रतितोला १ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो ।
