हँसिया प्रहार गरेर महिलाको हत्या

तु खबर संवाददाता
२०८० फाल्गुन २८, सोमबार ०९:१९

जनकपुरधाम । सिरहामा हँसिया प्रहार गरेर एक महिलाको हत्या भएको छ ।

जिल्लाको सिरहा नगरपालिका–६ विष्णुपट्टीकी ४५ वर्षीया निर्मला साहको हत्या भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, आइतबार दिउँसो घाँस लिन कमला नदीको बगरतिर गएको बेला उनको हत्या भएको हो ।

उनको हत्या आरोपमा श्रीमान् रामउदगार साह पक्राउ परेका छन् ।

श्रीमानले हँसियाले हिर्काएर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ ।

पक्राउ परेका रामउदगारमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।