दुर्घटनामा परेर दुई जनाको मृत्यु
इनरुवा । सुनसरीको इटहरी उपमहानगरपालिका–१२ खनार चोकमा गएराति मोटरसाइकल दुर्घटनामा हुँदा दुई जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा मोटरसाइकल चालक मोरङको बेलबारी–८ का २३ वर्षीय विपिन दाहाल र मोटरसाइकलमा सवार ८ वर्षीय बालक अभि दाहाल रहेको सुनसरी प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, विराटनगरबाट इटहरीतर्फ आउँदै गरेको प्र १–०२–०४१ प ६६१९ नं को मोटरसाइकललाई विपरीत दिशाबाट जाँदै गरेको प्र १–०२–००१ क ४५७८ नं को ट्रकले ठक्कर दिएको थियो ।
ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए । उनीहरुको उपचारका क्रममा मृत्यु भएको हो । मृतक दुवै जना काका र भतिजा रहेको प्रहरीले जनाएको छ ।
ट्रक चालक इटहरी–२ का ३० वर्षीय प्रदीप कोइरालालाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
