मकवानपुरमा यात्रुबहाक सुमो दुर्घटना, १० जना घाइते
मकवानपुर । हेटौंडाबाट काठमाडौं जोड्ने छोटो मार्ग कान्तिलोकपथ सडकखण्ड अन्तर्गत पर्ने मकवानपुरको बकैया गाउँपालिका वडा नं. ११ सिमातमा बुधबार साँझ यात्रुबाहाक टाटा सुमो दुर्घटना भएको छ ।
काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको ना.१ ज २३२२ नम्बरको सुमो बेक्र फेल भएर बुधबार ५ बजेर ३० मिनेटको समयमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।
उक्त दुर्घटनामा परेर सुमो चालकसहित १० जना घाइते भएका छन् । घाइतेहरुलाई उद्धार गरी उपचारको लागि हेटौंडामा ल्याइएको प्रहरी नायव उपरीक्षक भण्डरीले बताए ।
घाइतहरुको सहकारी अस्पताल हेटौंडामा र हेटौंडा अस्पतालमा उपचार भइरहेको प्रहरी नायव उपरीक्षक भण्डारी बताए ।
प्रहरीले सुमो चालक राक्सिराङ गाउँपालिका–२ बस्ने २२ वर्षीय सरोज प्रजालाई नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
