ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन २४, बिहीबार ०८:३५
सांकेतिक तस्वीर

काठमाडौं । सिन्धुलीमा गएराति ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

कमलामाई नगरपालिका–३ सोलाभन्झ्याङ तुफान डाँडास्थित भित्र सडकमा प्र.२–०३–००१ त ४११३ नम्बरको सिमेन्ट र रड बोकेको ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ट्याक्टरमा सवार सिन्धुलीको फिक्कल गाउँपालिका–५ का ३० वर्षीय दिनेश काफ्ले रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, दुर्घटनामा परेर गम्भीर घाइते भएका काफ्लेलाई उपचारको लागि जिल्ला अस्पतालमा लगिएको थियो । उनको सोही अस्पतालमा उपचारको क्रममा आज बिहान मृत्यु भएको हो ।

यस्तै, सोही दुर्घटनामा चालक तीन पाटनका ‍गोपाल तोलाङगी घाइते भएका छन् । उनको सोही जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीले उक्त घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।