पिपरा गोल्डकपको उद्घाटन खेलमा रौतहट विजयी

तु खबर संवाददाता
२०७४ माघ १२, शुक्रबार ११:३०
फाईल फोटो तस्बिर–अनिल प्रित

-अनिल प्रित
कोल्हवी , १२ माघ । बारा जिल्लाको करैयामाई गाउँपालिका वडा नं. ७ पिपरामा जारी दोश्रो पिपरा गोल्ड कप २०७४ को पहिलो दिन नेपाल खेलकुद क्लब चन्द्रपुर र युवा स्पोर्टस क्लब बिरगंज बिच भएको खेलमा नेपाल खेलकुद क्लब चन्द्रपुर रौटहतटले जीतको सुरुवात गरेको छ ।

सृजनशिल यूवा क्लब पिपरा बाराको आयोजनामा भएको गोल्डकपको उद्घाटन खेलमा नेपाल खेलकुद क्लब चपुरले २–० ले जित हासिल गरेको हो । चपुरका जर्सी नम्बर १० का खेलाडी कृपा चौधरीले २८ मिनेट जाँदा पहिलो गोल गरेका थिए भने दोस्रो हापको १४ औँ मिनेट जाँदा राजु पहाडीले अर्को गोल थपी २–० को फराकिलो जित हासिल गरेका छन् । चन्द्रपुरका कृपा चौधरीलाई म्यान अफ द म्याच घोषित गरिएको छ ।

तस्बिर–अनिल प्रित

पहिलो हाफमा युवा स्पोर्टस क्लब विरगंजका खेलाडी जर्सी नं. १७ का रन्जय चौधरीले दुई पटक पहेँलो कार्ड पाएपछि ३२ मिनेटमा उनी मैदानबाट बाहिरिएका थिए । त्यसपछि विरगंज निकै दवाबमा आएको थियो ।

उद्घाटन समारोहमा खेलको उद्घाटन समारोहका प्रमुख अतिथि यूवा तथा खेलकुद राज्य मन्त्री तेजुलाल चौधरीले आगामी पौष मसान्त भित्र पचगछिया खेलमैदानलाई मिनी रंगशाला बनाउने आश्वासन दिएका छन् । समारोहमा बाराको निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा सदस्य ज्वाला साह , प्रमुख जिल्ला अधिकारी बिजय नारायण मानन्धर , प्रहरी उपरिक्षक राजकुमार बैदवार , सशस्त्र प्रहरी प्रमुख बेणु प्रसाद पाठक , चनदननाथ गणका गणपती संतोष कार्की , निजगढ नगरपालिकाका नगरप्रमुख सुरेश खनाल , करैयामाई गाँउपालिकाका अध्यक्ष भुवनेश्वर धामी , उपाध्यक्ष चित्ररेखा कुमारी चौधरी , करैयामाई गाँउपालिकाका प्रमुख प्रसाशकिय अमोद चौधरी लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

आजको खेल आयोजक सृजनशिल युवा क्लब पिपरा बारा र आर्मी श्रीचन्दनथान गणका बिच हुने आयोजकले जनाएको छ ।

तस्बिर–अनिल प्रित

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*