३ नम्बर पुलमा बस दुर्घटना हुँदा एक दर्जन बढी घाइते

तु खबर संवाददाता
२०८० फाल्गुन २२, मंगलवार १७:२१

हेटौंडा । पुर्व–पश्चिम सडकखण्ड अनरगत पर्ने बाराको जीतपुरसिमरा वडा नम्बर २२ स्थित ३ नम्बर पुलमा आज दिउँसो यात्रुबहाक बस दुर्घटना हुँदा एक दर्जन बढी मानिस घाइते भएका छन् ।

ना ६ ख ९०३० नम्वरको बस ३ नम्बर पुलबाट तल खोलामा खसेको दुर्घटना हुँदा एक दर्जनभन्दा बढी घाइते भएको मकवानपुरका प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए ।

धनगढीबाट विराटनगरको लागि छुटेको बस दुर्घटना हुँदा घाइते भएकाहरुलाई तत्काल उद्दार गरी उपचारको लागि हेटौंडातर्फ ल्याइएको प्रहरी नायव उपरीक्षक भण्डारीले बताए ।

प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार, घाइतेमध्ये १२ महिला, ३ पुरुष र २ जना बालबालिको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ ।

घाइतेहरुको नाम नखुलेको र घटनाको बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।