बसको ठक्करबाट बालकको मृत्यु
चितवन । चितवनको भरतपुरमा गएराति बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना ४ ख ५८१५ नम्बरको बसले ठक्कर दिँदा ९ वर्षीय आरुष पौडेलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, भरतपुर महानगरपालिका–७ स्थित माछापुच्छ्रे चोक नजिकै ‘जेब्रा क्रसिङ’ मा हिँडिरहेका बेला बालक पौडेललाई बसले ठक्कर दिएको थियो । बसको ठक्करबाट ती बालकको घटनास्थलमै मृत्यु भएको हो ।
सोही घटनामा बसमा सवार भरतपुर–७ बस्ने २१ वर्षीया कोपिला राई पनि घाइते भएका थिए ।
माडी नगरपालिका–८ बस्ने चालक विकास सार्कीलाई प्रहरीले सीताराम चोक पुगेपछि नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
