बसले ठक्कर दिँदा ट्राफिकका सई घाइते
काठमाडौं । काठमाडौंको कोटेश्वरमा आइतबार ड्युटीमा रहेका ट्राफिक प्रहरीलाई बसले ठक्कर दिँदा घाइते भएका छन् ।
प्रदेश ३ –०१००५ ख ९७५५ जुनेली यातायातको बसले ठक्कर दिँदा ट्राफिक प्रहरीका सई टोपबहादुर खत्री घाइते भएका हुन् ।
कोटेश्वरबाट बालकुमारी जाने क्रममा बसले ठक्कर दिएको उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।
घाइतेको माइतीघरस्थित अन्नपुर्ण न्युरो अस्पतालमा आइसीयुमा राखेर उपचार भइरहको छ ।
ठक्कर दिने बस चालक नवराज गिरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
