६ महिनामा ८ हजार घरेलु हिंसाका उजुरी दर्ता

तु खबर संवाददाता
२०८० फाल्गुन २०, आईतवार १५:५९

काठमाडौं । चालु आर्थिक वर्षको पछिल्लो ६ महिनामा ८ हजार धरेलु हिंसाका उजुरी दर्ता भएका छन् । चालु आजको साउनदेखि पुससम्मका ६ महिनाको अवधिमा घरेलु हिंसा सम्बन्धी ८ हजार २ सय ०८ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्यांकमा उल्लेख छ ।

प्रहरी तथ्याङ्क अनुसार, मदिरा सेवन, तेस्रो व्यक्तिसँगको सम्बन्ध, आर्थिक अभाव, अरूको देखासिकी जस्ता कुराले मानिसमा बढ्दो अधैर्यपनका कारण परिवारभित्र घरेलु हिंसा बढेको हो ।

सो अवधिमा दर्ता भएको मुद्दामध्ये ४ हजार ९७ उजुरी फर्छ्यौट भएका छन् भने ३ हजार २ सय ११ ओटा उजुरीको फर्छ्यौट हुन बाँकी छ ।

प्रहरीको तथ्यांक अनुसार ६ महिनाको अवधिमा घरेलु हिंसाबाट कूल ८ हजार २ सय १४ जना पीडित भएका छन् । पीडितमध्ये पनि ७ हजार ४ सय ०१ जना महिला र ८ सय १३ जना पुरुष रहेका छन् ।

पीडित हुनेमा निरक्षर ३ प्रतिशत, सामान्य साक्षर ७७ प्रतिशत, विद्यालस्तर १४ प्रतिशत र प्रमाणपत्र तह भन्दा माथि ६ प्रतिशत रहेका छन् ।