जिप दुर्घटना परेर डेढ वर्षीय बालकको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन ९, बुधबार १६:१३

अछाम । अछाम जिल्लाको चौरपाटी गाउँपालिका–५ लुंग्रास्थित आमरुख नजिक भएको आज बिहान भएको जिप दुर्घटनामा परेर डेढ वर्षीय बालकको मृत्यु भएको छ ।

दुर्घटनामा परेर डोटीको पूर्वीचौकी गाउँपालिका–४ का राजेन्द्र खड्काका डेढ वर्षका छोरा इशान खड्काको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ ।

प्रहरीका अनुसार, से १ ज ४२९ नंको जिप लुग्राबाट साँफेबगर आउने क्रममा अनियन्त्रित भई सडकबाट एक सय ५० मिटर तल खसेर दुर्घटना हुँदा इशान गम्भीर घाइते भएका थिए ।

घाइते उनको बयालपाटा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको  प्रहरीले जनाएको छ ।

यस्तै, सोही दुर्घटनामा परेर अन्य १४ जना घाइते भएका छन् । उनीहरुको बयालपाटा अस्पतालमा उपचारको भइरहेको जनाइएको छ ।