हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बुलेरो ट्रकसँग ठोक्कियो, दुई जनाको मृत्यु

तु खबर संवाददाता
२०८० फाल्गुन ९, बुधबार १०:१४
file photo

मकवानपुर । हेटौंडाबाट पथलैयातर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च १३३४ नम्बरको बुलेरो र विपरित दिशातर्फ आउँदै गरेको ना ६ ख ३३५२ नम्बरको ट्रक आज बिहान एकापसमा ठोक्किएर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

पूर्व–पश्चिम लोकमार्ग अन्र्तगत जीतपुरसिमरा उपमहानगरपालिका २१ स्थित आदाबारमा भएको उक्त दुर्घटनामा परेर दुई जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार, उक्त दुर्घटनामा परेर अन्य तीन जना घाइते भएका छन् । घाइतेहरूको पर्वानिपुरस्थित एल एस न्युरो असपतालमा उपचार भइरहेको छ ।

प्रहरीले दुर्घटनामा परेर मृत्यु भएका दुबै जनाको र घाइते तीनै जनाको पहिचान खुल्न नसकेको र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।