पाँचौ संस्करणको राष्ट्रिय फुटसलमा हेटौंडा उपविजेता बन्यो

मकवानपुर । झापाको बिर्तामोडमा सम्पन्न पाँचौ संस्करणको राष्ट्रिय फुटसल प्रतियोगितामा हेटौंडा उपविजेता बनेका छन् ।
सामाजिक सञ्जालमा चर्चित मेन्स रुम रिलोडेड समूहले आयोजना गरेको उक्त प्रतियोगिताको सोमबार भएको फाइनल खेलमा हेटौंडा ललितपुरसँग पराजित बनेको हो ।
ललितपुरले ११–५ गोलअन्तरले हेटौंडालाई पराजित गरेको हो । उक्त सूमहले हरेक वर्ष अरु क्रियाकलापसँगै फुटसल प्रतियोगिताको आयोजना गर्दै आएको हेटौंडा फुटसल टिम क्याप्टेन निरज सिंह ठकुरीले बताए ।
प्रतियोगितामा १६ वटा टिमको सहभागिता रहेको थियो । प्रतियोगिताको उपाधि विजेता र उपविजेता टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेका छन् ।