सातामा १४ सयले घट्यो सुनको भाउ

तु खबर संवाददाता
२०८० फाल्गुन ५, शनिबार १५:३१
file-photo

काठमाडौं । यो साता नेपाली बजारमा सुनको भाउ बटेको छ । अघिल्लो साताको तुलनामा यो साता सुनको भाउ तोलामा १४ सय रुपैयाँले घटेको नेपाल चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासंघका अनुसार, गत साताको शुक्रबार छापावाल सुनको भाउ तोलामा १ लाख १८ हजार ५०० र तेजाबी सुनको भाउ तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ थियो । जुन यो साताको शुक्रबारसम्म आइपुग्दा छापावाल सुनको मूल्य तोलामा १ लाख १७ हजार १०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ५५० रुपैयाँ छ ।

यस्तै, यो साता चाँदीको भाउ प्रतितोला २० रुपैयाँको बढेको छ । महासङ्घका अनुसार, गत साताको शुक्रबार चाँदीको मूल्य तोलामा १३ सय ९० रुपैयाँ थियो । जुन, यो साताको शुक्रबारसम्म आइपुग्दा १४ सय १० रुपैयाँमा आइपुगेको हो ।