मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–९, आँपडाडामा आज बिहान मोटरसाइकल दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सिन्धुलीको दुधौली नगरपालिका– १० बस्ने अन्दाजी २३ वर्षीय बेचु कुमर रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।
प्रहरीका अनुसार, डकाहाबाट दुधौली तर्फ जाँदै गरेको स १० प ३९०९ को मोटरसाइकललाई प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकलले पछाडिबाट ठक्कर दिएको थियो ।
त्यसपछि दुवैजना अनियन्त्रित हुँदै सडकबाट १० फिट तल खेतमा खसेका थिए । दुर्घटनामा परेर गम्भीर घाइते भएका बेचु कुमरलाई कटारीस्थित सरकारी अस्पतालमा उपचारका लागि पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
सोही दुर्घटनामा परेर प्र.१–०५–००१ प ६२८६ नम्बरको मोटरसाइकल चालक दुधौली नगरपालिका ९ वस्ने अन्दाजी ५५ वर्षीय हरि राउत घाइते भएका छन् । राउतको दुधौलीस्थित प्रयाग अस्पतालमा उपचार भइरहेको छ । उनको दायाँ खुट्टा भाँचिएको र अवस्था मध्यम रहेको जनाइएको छ ।
