आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु

तु खबर संवाददाता
२०८० फाल्गुन ३, बिहीबार १५:५७

काठमाडौं । धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको मुख्य परिसरमा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु भएको छ ।

उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरु भएको हो । उक्त सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले एक कार्यक्रमबीच उद्घाटन गरेका हुन् ।

आगामी शनिवारसम्म संचालन हुने सम्मेलनमा नेपाल भारतसहित विभिन्न देशका १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहेको छ । भारतीय विश्वविद्यालय संघको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो ।