घरायसी लेनदेनको विषयलाई लिएर आफ्नै बुवाको हत्या, छोरा पक्राउ

तु खबर संवाददाता
२०८० माघ १६, मंगलवार ११:५२

bसुनसरीमा घरायसी लेनदेनको विषयलाई लिएर एक युवकले आफ्नै बुवाको हत्या गरेका छन् ।

ईनरुवा नगरपालिका–८ गणेशपुर रिसिदेव टोल बस्ने २१ वर्षीय चिबु रिसिदेवले आफ्नै बुवा ७० वर्षीय चिकचिलिया रिसिदेवको कुटपिट गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, घरायसी लेनदेनको विषयलाई लिएर चिबुले माघ ११ गते दिउँसो कुटपिट गर्दा चिकचिलिया गम्भीर घाइते भएका थिए । चिकचिलियाको कोशी अस्पताल विराटनगरमा उपचारको क्रममा सोमबार साँझ मृत्यु भएको हो ।

बुवाको हत्या गर्ने चिबुलाई जिल्ला प्रहरी कार्यालय सुनसरीबाट खटिएको प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका उनीमाथि आवश्यक अनुसन्धानका साथै कानूनी प्रकृया अगाडि बढाइएको छ ।