नेप्सेमा झिनो अंकको गिरावट, ४ अर्बमाथिको कारोबार

तु खबर संवाददाता
२०८० माघ ९, मंगलवार १५:५८

काठमाडौं । आज साता कारोबारको तेस्रो अर्थात मंगलबार नेप्सेमा झिनो अंकको गिरावट आएको छ ।

सोमबार ३१ अंकले घटेको नेप्से आज पनि ०.४० अंकले घट्दा २०९८.२९ को विन्दुमा पुगेर रोकिएको हो ।

यस्तै, आज ३०१ सूचीकृत कम्पनीको १ करोड १८ लाख १ हजार ३ सय ६० कित्ता शेयर खरिदबिक्रि भएको छ भने ४ अर्ब २९ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

आज ६ कम्पनीको उपसूचक बाहेक सबैमा राताम्मे भएको छ । आज होटल एण्ड टुरीजम सेक्टरमा उछाल आएको छ ।