राजश्व छलि गरेर हेटौंडा ल्याउँदै गरिएको ३ हजार ६८० बोरा मल बरामद

तु खबर संवाददाता
२०८० माघ ९, मंगलवार ०८:२०

मकवानपुर । जिल्ला प्रहरी कार्यालय मकवानपुरले राजश्व छलि गरेर हेटौंडा ल्याउँदै गरेको रासायनिक मलसहितको ट्रकलाई नियन्त्रणमा लिएको छ ।

८ वटा रासायनिक मल सहितको ट्रकलाई नियन्त्रणमा लिइएको मकवानपुरका प्रहरी प्रवक्ता लक्ष्मी भण्डारीले जानकारी दिए ।

उनका अनुसार हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१५ रातोमाटे प्रहरी चेकपोष्टबाट ट्रक नियन्त्रणमा लिइएको हो । प्रहरीले अबैध रुपमा निकासी हुँदै गरेको ३ हजार ६८० बोरा मल  बरामद गरेको छ ।

प्रहरीका अनुसार ना ६ ख ५२०४, बा.प्र.०३–००१ख ०९५२ लु १ ख ९५६९, ना ६ ख ३७३०, प्र २–०३–००१ ख ६९७७, ना ६ ख ३७२५, बा.प्र ०३–००१ख ०९५४ र ना ६ ख ९७८६ नम्वरको ट्रक नियन्त्रणमा लिइएको हो ।