दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु

बुटवल । पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
कालीगण्डकी करिडोर सडकखण्ड अन्तरगत पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७४ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा रम्भा गाउँपालिका –१ असर्दीका २८ वर्षीय हेमन्त जिटी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
उक्त दुर्घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ ।