‘प्रदेशलाई अधिकार नदिए आन्दोलन गर्छौँ’

तु खबर संवाददाता
२०८० पुष ६, शुक्रबार १८:४२

काठमाडौँ । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारलाई संविधान बमोजिम अधिकार हस्तान्तरण नगरे संघ सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

उनले प्रदेश सरकारलाई संविधान अनुसार अधिकार दिएर तीनै तहको सरकारलाई सहकार्यका साथ काम गर्ने वातावरण बनाउन सरकारसँग आग्रहसमेत गरेका छन् ।

सुनसरीको भोक्राहामा निर्माण भएको ४०० केभीए सबस्टेशन उद्घाटन कार्यक्रममा बोल्दै उनले प्रदेशलाई संविधानले दिएको अधिकार चाँडो हस्तान्तरण गर्न प्रधानमन्त्री पुष्पकमल दाहालसँग आग्रह गरे ।

संविधान प्रदत्त अधिकार केन्द्रले हस्तान्तरण नगरे प्रदेश सरकार सङ्घर्षमा उत्रिने उनको चेतावनी छ ।