नक्कली शरणार्थी प्रकरण : बालकृष्ण खाण पनि थुनामै रहने

तु खबर संवाददाता
२०८० मंसिर १५, शुक्रबार १७:२६
file-photo

काठमाडौं । नक्कली शरणार्थी प्रकरणमा पक्राउ परेका तत्कालीन गृहमन्त्री बालकृष्ण खाण पनि थुनामै रहने भएका छन् ।

उच्च अदालत पाटनले शुक्रबार सो प्रकरणमा पक्राउ परेका खानलाई थुनामै राख्न आदेश दिएको हो ।

उच्च अदालत पाटनका न्यायाधीशद्वय प्रकाश खरेल र जनक पाण्डेको इजलासमा उनको हकमा न्यायाधीशको राय बाझिएपछि थुनामै रहने भएका हुन् ।

अब अर्का न्यायाधीशको इजलासमा सुनुवाइ भएपछि उनको राय अनुसार थुनामा राख्ने वा छाड्ने निर्णय हुने जनाइएको छ ।