हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु

झापा । झापमा जङ्गली हात्तीको आक्रमणबाट भुटानी शरणार्थीको मृत्यु भएको छ ।
जिल्लाको दमकको बेलडाँगीस्थित भुटानी शरणार्थी शिविरमा बस्दै आएका ७२ वर्षीय पदमलाल तामाङको हात्तीको आक्रमणबाट मृत्यु भएको डिभिजन वन कार्यालय झापाले जनाएको छ ।
डिभिजन वन कार्यालय झापाका अनुसार, मंगलबार साँझ शिविर बाहिरको हम्सेदुम्से सामुदायिक वनको जङ्गलमा आक्रमण गर्दा तामाङको मृत्यु भएको हो ।
मृतक तामाङ शिविरको सेक्टर नं २ को हट नं दुई सय ५२ मा बस्दै आएका थिए ।