भुकम्पमा परेर घाइते भएकाहरुको निःशुल्क उपचार गरिने
काठमाडौं । सरकारले भुकम्पमा परेर घाइते भएका सबैको निःशुल्क उपचार गरिदिने भएको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको स्वास्थ्यमन्त्री मोहन बस्नेतले जानकारी दिए ।
घाइतेहरुको उपचारको लागि देशका अस्पतालहरु वीर, ट्रमा सेन्टर लगायतका अस्पताल तयारी अवस्थामा राखिएको स्वास्थ्यमन्त्री बस्नेतले बताए ।
बैठकमा भुकम्प पीडितहरुलाई आर्थिक सहायत दिने भनिएपनि निर्णय भैनसकेको उनले बताए ।
