भुकम्पको क्षतिबारे छलफल गर्न प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए

तु खबर संवाददाता
२०८० कार्तिक १८, शनिबार १६:१२
file-photo

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भुकम्पको क्ष्ाितबारे छलफल गर्न मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

प्रधानमन्त्रीले भोलि कात्तिक १९ गते आइतबार बिहान ८ बजे बस्ने गरी बैठक आह्वान गरेको प्रधानमन्त्रीका प्रेस संयोजक सुर्यकिरणले जानकारी दिए ।

सो बैठकले भुकम्पको क्षतिबारे छलफल गर्नुका साथै पीडितहरूलाई राहत, उद्दार तथा पुर्नस्थापनाबारे थप निर्णय गर्ने उनले बताए ।

जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति ११ः४७ मा शक्तिशालि भुकम्प गएको थियो । भुकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।