माओवादीद्वारा चियापन कार्यक्रम स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रले शनिबारका लागि तोकिएको शुभकामना आदानप्रदान तथा चियापान स्थगित गरेको छ ।
जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पपछि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै माओवादीले शुभकामना आदानप्रदान, चियापान तथा अन्य उत्सवमय कार्यक्रमहरु स्थगित गरेको हो ।
माओवालीका एक नेताका अनुसार, भुकम्प प्रभावित जिल्लाका सम्पूर्ण कमिटीहरु जवस÷मोर्चाका नेता तथा कार्यकर्ताहरुलाई उद्धार एवम् राहतमा सक्रियतापूर्वक सहयोग गर्न सर्कुलर जारी गरेको छ ।
जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर गएराति ११ः४७ मा शक्तिशालि भुकम्प गएको थियो । भूकम्पबाट जाजरकोट र रुकुम पश्चिम लगायतका जिल्लाहरुमा ठूलो मानवीय तथा भौतिक क्षति भएको छ ।
