खेलकुद विकास समितिको भवनको उद्घाटन

मकवानपुर । खेलकुद विकास समिति मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ हुप्रचौरस्थित निर्मित उक्त भवनको बुधबार एक कार्यक्रमबीच हेटौंडा नगर प्रमुख मिनाकुमारी लामाले उद्घाटन गरेकी हुन् ।
हेटौंडा उपमहानगरपालिकाले उपलब्ध गराएको बजेटले खेलकुद विकास समितिले दोस्रो र तेस्रो तल्ला निर्माण गरेको हो ।
यस्तै, समितिले नेपालीहरुको महानपर्व बडादशैं, शुभदिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना समेत गरेको थियो ।
सो क्रममा समितिको पूर्व कार्यालय प्रमुख खुशराज दाहाललाई सम्मान पनि गरिएको थियो ।
कार्यक्रम मकवानपुर खेलकुद विकास समितिका अध्यक्ष वेश खड्कीको सभाध्यक्षतामा भएको हो ।
कार्यक्रममा निवर्तमान नगर प्रमुख हरिबहादुर महत, हेटौंडा–१ का वडाध्यक्ष सविन न्यौपाने, हेटौंडा–२ का वडाध्यक्ष विष्णुगोपाल महर्जन, हेटौंडा–४ का वडाध्यक्ष नविन सिग्देल, हेटौंडा–१० का वडाध्यक्ष फुर्वा दोर्जे लामासहित विभिन्न खेलकुद संघका अध्यक्षहरु, प्रशिक्षक, खेलाडीलगायतको सहभागिता रहेको थियो ।