डेंगूबाट ६ वर्षीय बालकको मृत्यु
दमौली । तनहुँको व्यास नगरपालिका–४ शितलचोकका ६ वर्षीय बालकको डेंगू सङ्क्रमणका कारण आज मृत्यु भएको छ ।
दमौलीस्थित कन्काई ग्लोबल एकेडेमीमा अध्ययनरत उनको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । उनको निधनमा विद्यालयले आज शोक बिदा दिएको छ ।
व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले बालकको मृत्युबारे औपचारिक जानकार प्राप्त नभएको जानकारी दिए ।
