मकवानपुरमा डेंगू संक्रमितको संख्या ६१३ पुग्यो

तु खबर संवाददाता
२०८० आश्विन २५, बिहीबार १८:३८
file-photo

मकवानपुर । मकवानपुरमा गत साउन १ गतेदेखि हालसम्म डेंगू संक्रमितको संख्या ६१३ पुगेको छ ।

जिल्लामा बिहीबार थप १३ जनामा डेंगू संक्रमण भएसँगै संक्रमितको कूल संख्या ६१३ पुगेको जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले जनाएको छ ।

बिहीबार जिल्लाको हेटौंडा उपमहानगरपालिकाका ६ जना, भीमफेदी गाउँपालिकाका ४ जना, मकवानपुरगढी र मनहरी गाउँपालिकाका एक–एक जनामा डेंगू संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार, जिल्लामा हालसम्म संक्रमित भएकामध्ये सबैभन्दा धेरै संक्रमित हेटौंडा उपमहानगरपालिमा रहेका छन् । त्यहाँ ४१० जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यसैगरी, थाहानगरपालिकाका दुई जना, मकवानपुरगढी गाउँपालिकाका १५ जना, बागमती गाउँपालिकाका २३ जना, मनहरी गाउँपालिकाका ६१ जना, इन्द्रसरोवर गाउँपालिकाका ४ जना, भीमफेदी गाउँपालिकाका ३१ जना, बकैया गाउँपालिकाका १८ जना र राक्सिराङ गाउँपालिकामा २ जनामा डेंगू संक्रमण पुष्टि भएको छ ।

यस्तै, सो अवधिमा हेटौंडामा अस्पतालमा ४० जना र अन्य जिल्लाका ७ जनामा संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

त्यस्तै, सो अवधिमा जिल्लामा डेंगू संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा उपमहानगरपालिका–१३ का एक जना पुरुष रहेका छन् ।