देशभर १७४ जना डेंगू संक्रमित थपिए

तु खबर संवाददाता
२०८० आश्विन २२, सोमबार १५:५६
file-photo

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा १७४ जनामा डेंगू सङ्क्रमण पुष्टि भएको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) को तथ्याङ्कअनुसार थप १७४ जनामा सङ्क्रमण पुष्टि भएको हो ।

यससँगै हाल देशभर ३५ हजार २२३ जनामा डेंगु सङ्क्रमित पुगेका छन् । आठ महिनाको अवधिमा ती सङ्क्रमितमध्ये २० जनाको मृत्यु भएको छ ।

यस्तै सङ्क्रमण ७६ जिल्लामा देखिएको महाशाखाले जनाएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै सङ्क्रमित कोशी प्रदेशमा रहेको आँकडाले देखाएको छ । महाशाखाका अनुसार कोशी प्रदेशमा मात्रै २३ हजार ६७४ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ ।

यसैगरी, बाग्मती प्रदेशमा ४ हजार ७८० जना, गण्डकी प्रदेशमा ४ हजार ८१३ जना, सुदूरपश्चिम प्रदेशमा १ हजार ४३, मधेस प्रदेशमा ५७९, लुम्बिनी प्रदेशमा ६३२ र कर्णाली प्रदेशमा १२१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।