वेब सिरिज “बा आमा” को टिजर सार्वजनिक

तु खबर संवाददाता
२०८० आश्विन २१, आईतवार ०९:४४

काठमाडौं । हाँस्य कलाकार बिष्णु सापकोटाको प्रस्तुतिमा वेब सिरिज “बा आमा” को टिजर सार्वजनिक भएको छ । उक्त टिजरमा पारिवारिक कथा वस्तुलाई चित्रण गरिएको छ ।

सिरिज भद्रबहादुर भुजेलले निर्देशन गरेको उक्त टिजर १ मिनेट ३५ सेकेन्ड लामो रहेको छ ।

सिरिजमा हिउँवाला गौतम, विध्या कार्की, स्विकृती खरेल,पुष्पा आचार्य,शिव शर्मा(कडेंल), आयुष्मा ढकाल,उत्तम अर्याल (कोदे) लगायतको अभिनय रहेको छ ।

यसअघिका सिरियलहरुमा कलाकार सापकोटालाई हाँस्य व्याङ्ग्यमा जोड गरेको देखिन्थ्यो भने यस सिरिजमा सेन्टीमेन्टल भुमिकामा देखिएको छ । उनले यसअघि रिटायर हल्दार, हर्के हल्दार सिरियलमा काम गरिसकेका छन् ।

हेर्नुहोस् टिजर ।