दुर्घटनामा परेर पैदलयात्रीको मृत्यु

तु खबर संवाददाता
२०८० आश्विन १८, बिहीबार १५:४५
file photo

काठमाडौं । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–९ स्थित निकोसेरामा सवारी दुर्घटना हुँदा एक जना पैदलयात्रीको मृत्यु भएको छ ।

थिमितर्फ जाँदै गरेको बागमती प्रदेश–०२–०४१ प ३३१९ नम्बरको मोटरसाइकल र पुरानो थिमिबाट राधेराधे तर्फ जाँदै गरेको बा.५ च २०४९ नम्बरको कार एकापसमा ठोक्किएर दुर्घटना हुँदा पैदलयात्रीको मृत्यु भएको हो ।

मृत्यु हुनेमा ५८ वर्षीय योगराज बराल रहेको जिल्ला प्रहरी परिसर भक्तपुरले जनाएको छ । प्रहरीका अनुसार, मृतक बराल धनुषाको जनकपुर नगरपालिका–९ का स्थानीय हुन् ।

मोटरसाइकल चालक २० वर्षीय मिलन कार्की र कार चालक २९ वर्षीय अनुज प्रजापतिलाई प्रहरीले नियन्त्रणमा लिई घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।