एमाले कोशी प्रदेश अध्यक्षमा खतिवडा निर्वाचित
विराटनगर । नेकपा एमाले कोशी प्रदेशको अध्यक्षमा घनश्याम खतिवडा निर्वाचित भएका छन् ।
कोशी प्रदेश अध्यक्षका अर्का प्रत्यासी विनोद ढकाललाई ८२ मतले पराजित गर्दै खतिवडा निर्वाचित भएका हुन् । खतिवडाले ५१२ मत प्राप्त गर्दा ढकालले ४३० मत प्राप्त गरे ।
यस्तै, प्रदेश कमिटीको उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङ निर्विरोध निर्वाचित भए । उनी यसअघि पनि प्रदेशको उपाध्यक्ष थिए ।
सचिवमा पाँचथरका राजकुमार भण्डारी निर्वाचित भएका छन् । ५२४ मत ल्याएर विजयी भण्डारी विजयी हुँदा अर्का उम्मेदवार उदयपुरका शैलेश लामाले ३८१ मत प्राप्त गरे ।
उपसचिवमा झापाकी जलवर्षा राजवंशी ६२८ मत र खोटाङकादेवान राई ६१० मत ल्याएर निर्वाचित भएका छन् । दुबै जना नै खतिवडा प्यानलका हुन् ।
उपसचिवका अर्का उम्मेदवार मोरङका खेम नेपालीले ३९८ मत ल्याए । आइतबार राति भएको निर्वाचनमा ९७७ मत खसेको थियो ।
