लोसपाको पदाधिकारी बैठक मंगलबार बस्दै

तु खबर संवाददाता
२०८० आश्विन १५, सोमबार १३:२९
file-photo

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको पदाधिकारी बैठक बस्ने भएको छ । मंगलबार सो पार्टीको पदाधिकारी बैठक बस्ने भएको हो ।

सो पार्टीको पदाधिकारीसहित नयाँ केन्द्रीय समिति सार्वजनिक भएपछि पहिलो बैठक बस्ने भएको हो ।

लोसपाले असोज ८ गते ३११ सदस्यीय केन्द्रीय कार्य समिति सर्वजनिक गरेको छ । जसमा ६३ जना पदाधिकारी रहेका छन् ।

लोसपाका सचिव मनिष मिश्रका अनुसार, पदाधिकारी चयन भएपछिको यो पहिलो बैठक बस्न थालेको हो । यो बैठकले पार्टी संगठन तथा समसामयिक विषयमा छलफल गर्नेछन् ।