सल्यानमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
सल्यान । सल्यानमा शुक्रबार साँझ जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
शुक्रबार बेलुकी छत्रेश्वरी गाउँपालिकाबाट शारदा नगरपालिका १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जीप छत्रेश्वरी–५ लेखपोखरामा दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेहरुमा शारदा नगरपालिका–१५ माल्नेटाकी ४५ वर्षीया मुना सेजवाल र शारदा नगरपालिका–१२ की ७६ वर्षीया धुर्बी बोहरा रहेको सल्यान प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, दुर्घटनामा परी गम्भीर घाइते भएका उनीहरूलाई उपचारका लागि अस्पताल लैँजादै गर्दा बाटोमै मृत्यु भएको हो ।
यस्तै, उक्त दुर्घटनामा परेर १४ जना घाइते भएका छन् । घाइतेमध्ये शारदा –१५ की ५७ वर्षीया पेमला भण्डारीलाई सुर्खेतमा थप उपचारका लागि पठाइएको छ ।
अन्य १३ जना घाइतेको जिल्लाका विभिन्न अस्पतालहरुमा उपचार भइरहेको र र घटनाको बारेमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
