बैंक खातामा पैसा नभई आईपीओ भरे तुरुन्तै रिजेक्ट हुने

तु खबर संवाददाता
२०८० आश्विन १०, बुधबार १६:०६
file-photo

काठमाडौं । बैंक खातामा पैसा नभई आईपीओ भरे अब तत्कालै रिजेक्ट (आवेदन रद्द) हुने भएको हो ।

नेपाल धितोपत्र बोर्डले हालैमात्र पारित एपीआई कार्यविधिले सेयर खरिदकर्ताको आवेदनमा कडाइ गरेसँगै यस्तो नियम ल्याएको हो ।

रियल टाइम डाटाका लागि यस्तो व्यवस्था गरिएको सीडीएस एन्ड क्लियरिङ लिमिटेडले जानकारी दिए ।

हाल यस्तो व्यवस्था नहुँदा आईपीओमा ठुलो संख्यामा आवेदन पर्ने तर, पछि खातामा पर्याप्त रकम नहुँदा आवेदन रद्द गर्नुपर्ने बाध्यता पर्ने गरेको छ । जसले बिक्रेता र व्यवस्थापक दुबैलाई हैरानी हुने गरेको छ ।

अब बैंक खातामा पैसा छ भने तुरुन्तै भेरिफाइ र छैन भने रिजेक्ट हुनेछ । तर यसका लागि बैंकले सिस्टम डेभलप गर्नुपर्ने सीडीएसले जनाएको छ ।