दाङमा यात्रुवाहक बस दुर्घटना, २५ जनाभन्दा बढी घाइते
तुलसीपुर । दाङको लमही नगरपालिका–९ शिवखोलामा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएका छन् ।
काठमाडौंबाट सुर्खेत जाँदै गरेको कर्णाली प्रदेश ०२–००१ख ०३६२ नम्बरको यात्रुवाहक रात्रिबस दुर्घटना हुँदा २५ जनाभन्दा बढी यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
उक्त बसमा ४५ जना यात्रु सवार थिए । के–कति कारणले दुर्घटना भयो भन्ने अनुसन्धान भइरहेको र घटनाको बारेमा यकिन विवरण आउँन बाँकी रहेको दाङ प्रहरीले जनाएको छ ।
