एमाले बागमती प्रदेश अधिवेशन : आज बन्दसत्र

तु खबर संवाददाता
२०८० आश्विन ९, मंगलवार ०९:५३

काठमाडौं । नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशनअन्तरगत आन बन्दसत्र हुँदैछ । हाल प्रज्ञा भवन कमलादीमा बन्दसत्र जारी रहेको एमालेले जनाएको छ ।

बन्दसत्रमा राजनीतिक, सांगठनिक प्रतिवेदन पारित भएपछि नेतृत्व चयनको प्रक्रिया सुरु हुनेछ । अधिवेशनले १ अध्यक्ष, १ उपाध्यक्ष, १ सचिव र २ उपसचिवसहित २४० सदस्यीय समिति चयन गर्ने एमाले बागमती प्रदेश कमिटीले जनाएको छ ।

अधिवेशनमा सहभागिताका लागि १३ जिल्लाबाट प्रतिनिधि छनोट भएका छन् । अधिवेशनमा नेतृत्व चयन सर्वसम्मत रूपमा गराउन पहल भइरहेको छ ।

बागमतीको अध्यक्षको लागि केन्द्रीय सदस्यहरू कैलाश ढुंगेल, कृष्णप्रसाद दाहाल, रचना खड्का, बागमती प्रदेशका पुर्वसभामुख सानुकुमार श्रेष्ठ, वर्तमान अध्यक्ष केशवराज पाण्डे र सचिव विजय सुवेदी, पूर्वसांसद कृष्णभक्त पोखरेललगायतका नेताहरुले आकांक्षा व्यक्त गरेका छन् ।

उनीहरुमध्ये कैलाश ढुंगेल र कृष्ण दाहालबीच प्रतिस्पर्धाको सम्भावना रहेको छ । सहमतिको प्रयासमा केन्द्रीय कमिटीका पदाधिकारी नै खटिएका छन् ।