३ नम्बर प्रदेश प्रमुखले यसरी गरिन् पदभार ग्रहण
मकवानपुर, ६ माघ । ३ नम्बर प्रदेश प्रमुख अनुराधा कोईरालाले आज पदभार ग्रहण गरेकी छिन् । उनले मकवानपुरको हेटौंडामा आज प्रदेश प्रमुखको रुपमा पदभार ग्रहण गरेकी हुन् । उनले भोलि माघ ७ गते प्रदेशसभा सदस्य मध्येका जेष्ठ सदस्य डोरमणी पौडेललाई सपथ ग्रहण गराएर सपथ ग्रहणको सुरुवात गर्नेछिन् ।
बिहान ११ बजे जेष्ठ सदस्य पौडेलले अन्य १ सय १० जनालाई सपथ ग्रहण गराउने छन् ।

प्रदेश प्रमुख कोईरालाई मकवानपुरका स्थानिय जनप्रतिनिधिहरु , सुरक्षा निकायका प्रमुखहरु , क्षेत्रिय प्रशासन कार्यालयका प्रमुख, प्रदेशसभा सदस्यहरु लगाएतले फुलको गुच्छा सहित स्वागत गरेका थिए । पदभार ग्रहण कार्यक्रममा ३ नम्बर प्रदेशका कार्यलयका सचिव चतुरभुज खनाल ,प्रदेश प्रमुखका पारिवारीक सदस्य तिर्थराज खनाल लगाएत मकवानपुर र अन्य जिल्लाका माननियहरुको उपस्थिति रहेको थियो ।



