दुर्घटनामा परेर मोटरसाइकल चालकको मृत्यु
दमक । झापाको कमल गाउँपालिका–३ स्थित भित्री सडकखण्डमा आज सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दक्षिणबाट उत्तरतर्फ आइरहेको मे ११ प ९२०३ नम्बरको मोटरसाइकल र विपरीत दिशातर्फ जाँदै गरेको मे २ प ५९२३ नम्बरको मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा मे २ प ५९२३ नं मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय ३० वर्षीय वीरेन्द्र सहनी रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ ।
उक्त दुर्घटनाका बारेमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।
