कामदार बोकेको ट्याक्टर दुर्घटना, ६ जना घाइते

तु खबर संवाददाता
२०८० भाद्र २२, शुक्रबार १५:३५

सुर्खेत । रुकुम पश्चिममा कामदार बोकेको ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।

मुसिकोट खलङ्गाबाट चौरजहारीतर्फ जाँदै गरेको भे २ त १४६१ नम्बरको उक्त ट्याक्टर दुर्घटना हुँदा ६ जना घाइते भएको रहेको रुकुम पश्चिम प्रहरीले जनाएको छ ।

घाइते हुनेहरुमा ट्याक्टर चालक चौरजहारी नगरपालिका–१ का वर्ष २४ का निर्मल थापा, सोही ठाउँका वर्ष २२ का पारस विष्ट, उदयपुरको उदयपुर गढी नगरपालिका ५ का वर्ष २१ का कृष्ण मगर, सोही ठाउँकै वर्ष २१ पेशल मगर, वर्ष २३ का सुशील राई र वर्ष २१ का सागर राई रहेका छन् ।

घाइते सबैको अवस्था सामान्य रहेको उनीहरूको जिल्ला अस्पताल सल्लेमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुमले जनाएको छ ।

घाइतेहरू चौरजहारी नगरपालिका १ मा रहेको सिटिईभिटीको भवन निर्माणमा काम गर्ने कामदारहरू हुन् ।