संविधान दिवस मनाउन एमालेद्वारा पार्टी पंक्तिलाई परिपत्र

तु खबर संवाददाता
२०८० भाद्र २२, शुक्रबार ०९:०७
file-photo

काठमाडौं । नेकपा एमालेले आठौं संविधान दिवसलाई उत्सवका रुपमा मनाउन पार्टी पंक्तिलाई परिपत्र गरेको छ ।

पार्टी निर्णय अनुसार, सम्पूर्ण पार्टी पंक्तिलाई संविधान दिवसको उत्सवमा सहभागी हुन परिपत्र जारी गरिएको केन्द्रीय कार्यालय सचिव डा.भिष्म अधिकारीले जानकारी दिए ।

‘नेपाली जनताको ७० वर्ष लामो संघर्षबाट संविधान बनेको दिनलाई उत्सवका रुपमा मनाउँदैछौं, त्यही अनुसार परिपत्र भएको छ’, उनले भने ।

केन्द्रीय कार्यालयका तर्फबाट अध्यक्ष केपी शर्मा ओली सहभागी भएर नारायणचौंर काठमाडौंमा संविधान दिवस मनाउने कार्यक्रम तय भएको छ । संविधान जारी भएको दिन ३ असोजलाई उत्सवका रुपमा मनाउन प्रदेश र जिल्ला कमिटीलाई परिपत्र गरिसकेको अधिकारीले बताए ।