डेंगू संक्रमित साढे २२ हजार नाघ्यो

तु खबर संवाददाता
२०८० भाद्र १८, सोमबार १५:५८
file-photo

काठमाडौंं । नेपालमा डेंगू संक्रमितको संखया दिनप्रतिदिन बढ्दै गइरहेको छ । हाल डेंगू संक्रमितको संख्या साढे २२ हजार नाघेको ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी) ले जनाएको छ ।

महाशाखाको तथ्याङ्क अनुसार पछिल्लो साढे सात महिनाको अवधिमा संक्रमितको कुल संख्या २२ हजार ६२७ जना पुगेको हो । तीमध्ये १४ जनाको मृत्यु भएका छ ।

यस्तै, डेंगू संक्रमण ७५ जिल्लामा फैलिएको ईडीसीडीले जनाएको छ । संक्रमण देखिएको सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगू संक्रमित दर उच्च रहको पाइएको छ । महाशाखाका अनुसार कोसी प्रदेशमा मात्रै १७ हजार ८८ जना डेंगू संक्रमित छन् ।

यसैगरी, बागमती प्रदेशमा ३ हजार २४९ जना, गण्डकी प्रदेशमा ६७९ जना, सुदूरपञ्चिम प्रदेशमा ६६०, मधेस प्रदेशमा ५१९, लुम्बिनी प्रदेशमा ३८५ र कर्णाली प्रदेशमा ४७ जनामा डेंगू संक्रमण  पुष्टि भएको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।