लेनदेनको विषयलाई लिएर श्रेष्ठको हत्या, एक जना पक्राउ

तु खबर संवाददाता
२०८० भाद्र १५, शुक्रबार ०९:०२

सुनसरी । सुनसरीको ईटहरी उपमहानगरपालिका–२ बशन्तटोल बस्ने ४४ वर्षीया यशोदा श्रेष्ठको हत्या गरेको अभियोगमा प्रहरीले बुधबार एक जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धरान उपमहानगरपालिका–१७ साउने बस्ती बस्ने रामेछाप खाँडादेवी गाउँपालिका–९ घर भएका २७ वर्षीय कर्मराज परियार रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार, लेनदेनको बिषयलाई लिएर परियारले आफ्नै कोठमा लगि यशोदाको हत्या गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय धरान र अस्थायी प्रहरी पोष्ट रेलवे धरानबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

उक्र घटनाको विषयमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।