डेंगू संक्रमितको सख्या २१ हजारभन्दा बढी नाघ्यो

काठमाडौँ । डेंगू संक्रमितको संख्या बढ्दै गएको छ । ईपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) को तंथ्यांक अनुसार, डेंगू संक्रमित २१ हजार २०६ जना पुगेको छ ।
गएको साढे सात महिनाको अवधिमा ७५ जिल्लामा डेंगु संक्रमणका कारण १३ जनाको मृत्यु भएको महाशाखाले जनाएको छ । सात प्रदेशमध्ये सबैभन्दा धेरै कोशी प्रदेशमात्रै १६ हजार २१६ जनामा संक्रमण पुष्टि भएको छ ।
यसैगरी, बागमतीमा ३ हजार १४६ जना, गण्डकीमा ६४८ जना, सुदूरपश्चिम प्रदेश ५९८ जना, लुम्बिनीमा ३६४ जना, मधेस प्रदेशमा १९१ जना र कर्णाली प्रदेशमा ४३ जनामा डेंगू संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ ।