सोमबारदेखि बेपत्ता डाक्टर प्रज्ज्वल अझै भेटिएनन्
विराटनगर । गत सोमबार बिहानदेखि बेपत्ता भएका झापा दमकका डाक्टर प्रज्ज्वल कोइराला अझै भेटिएका छैनन् ।
सप्तकोशी नदीको पुल छेउमा गाडी, जुत्ता र मोबाइल छोडेर बेपत्ता भएका कोइराला अझै अज्ञान नै रहेको जिल्ला प्रहरी कार्यालय, उदयपुरले जनाएको छ ।
झापाको दमक–१ निवासी कोइराला मदन भण्डारी ट्रमा सेन्टर, उर्लाबारीमा जनरल सर्जनको रूपमा कार्यरत थिए । डाक्टर कोइराला सोमबार राति २ बजे कोशीको पुलमा आएको सिसी टिभी फुटेजमा देखिएको प्रहरीले जनाएको छ ।
डाक्टर कोइरालाले आफू सवार १–०२–००२ च ४१६६ नम्बरको कार भने सप्तकोशीको पुल छेउमा भेटिएको थियो ।
